News Portal

  • हवाई आक्रमणमा इरानी फौजका कमाण्डर मारिए

    ११७ पटक

    काठमाडौं । अमेरिकी सेनाले इराकको बग्दाद विमानस्थलमा गरेको हवाई आक्रमणमा इरानी फौजको विशेष दस्ता ‘क्विड’का प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् ।

    अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ’राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ । इरानको रिभोलुश्नरी गार्ड्सले पनि सुलेमानीको मृत्यु भएको पुष्टि गरेको छ ।

    घटनामा इराकको विद्रोही समुह बताईब हिजबुल्लाहका कमाण्डर अबु महदी अल-मुहांदिस पनि मारिएको बताईएको छ । समाचारहरूमा अमेरिकी सेनाले इराकका केही विद्रोही नेताहरूलाई नियन्त्रणमा लिएको भनिए पनि त्यसको पुष्टि भएको छैन ।

    बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिका सेनासँग मुठभेड भएको केही दिनपछि यो आक्रमण भएको हो ।

    सन् १९९८ देखि सुलेमानीको नेतृत्वमा रहेको इरानको क्विड नामक विशेष दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्दै आएको थियो । जनरल सुलेमानीले सिरियामा बसार अल असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको संघर्षमा विशेष भूमिका खेलेका थिए ।

    प्रतिकृया दिनुहोस्