News Portal

  • आज देशभर वर्षा

    ३९७ पटक

    काठमाडौं । आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले बताइन् ।

    ‘वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुने छ’, मौसमविद् मानन्धरले भनिन् । राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

    महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८.० डिग्री सेल्सियस रहेको छ ।

    प्रतिकृया दिनुहोस्