News Portal

  • ताइवानका प्रधानसेनापतिसहित ८ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

    १८६ पटक

    काठमाडौं । ताइवानको न्यू ताइपेई सहरको पहाडी क्षेत्रमा बिहीबार बिहान सैन्य हेलिकप्टर दुर्घटना भएको छ ।

    उक्त हेलिकप्टर दुर्घटनामा प्रधानसेनापति शेन यी मिङसहित ८ जना हैनिकको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा प्रधानसेनापतिसहित उच्च सैनिक अधिकारीहरु रहेको ताइवान मिडियाले जनाएको छ ।

    दुर्घटनामा सख्त घाइते भएका ५ जनाको उपचार भइरहेको छ । हेलिकप्टरमा ३ जना चालक दलका सदस्य र प्रधानसेनापति शेनसहित १० जना उच्च सैनिक अधिकृत सवार थिए । आगामी जनवरी ११ तारिखमा राष्ट्रपतीय तथा संसदीय चुनाव हुनुअघि यो दुर्घटना भएको हो ।

    प्रतिकृया दिनुहोस्