News Portal

  • भारतीय पर्यटक बसले ठक्कर दिंदा एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    २०५ पटक

    कञ्चनपुर । मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी-झलारी खण्ड अवरुद्ध भएको हो ।

    मङ्गलबार राति सो सडक खण्ड अन्तर्गत कृष्णपुर नगरपालिकास्थित आमखैया जङ्गलमा भारतीय पर्यटक बसले बेदकोट नगरपालिका-३ का ४४ वर्षिय जय रानालाई ठक्कर दिँदा मृत्यु भएपछि स्थानीयवासिन्दाले सो सडकखण्ड अवरुद्ध पारेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बस चालकलाई नियन्त्रणमा लिएको र राजमार्ग खुलाउने प्रयास गरेको जनाएको छ । भीमदत्तनगरबाट बुटवलतर्फ गइरहेको युपी १७ एटी १०६६ नं.को बसले विपरीतदिशाबाट म १ प ९०२७ नं.को बसमा घर आइरहेका रानालाई ठक्कर दिएको थियो । मृतकका आफन्तले शव बुझ्नसमेत मानेका छैनन् ।

    मृतकको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्