
काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक किलो अवैध सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार फ्लाई दुबईमार्फत काठमाडौं आएका कासिब मोहम्मदलाई नियमित चेकजाँचको क्रममा विमानस्थल प्रहरीले हेर्दा बेसारको प्याकेट जस्तो देखिने चार वटा प्याकेटसहित भेटेपछि नियन्त्रणमा लिएको जनाएको छ ।
परीक्षण गर्दा चार वटै पोकामा रहेको पहेँलो धुलो सुन रहेको पुष्टि भएको हो । कासिबले ल्याएको सुन लिन बुधबार नै दिल्लीबाट मुस्राफिन काठमाडौं आएका थिए । प्रहरीले मुस्राफिनलाई पनि विमानस्थलबाटै पक्राउ गरेको छ ।
