काठमाडौं । बाजुराको कर्णालीमा जीप खसेर दर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा मालिकसहित चालक बाजुरा जगन्नाथ ५ गोत्रीका अन्दाजी २५ वर्षिय रमेश शाहीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले दिएको जानकारी अनुसार से १ च १०६४ नं.को जिप नदीमा खसेको हो ।
घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ । एक जना नदीमा हराइरहेका छन् ।
हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप दिउँसो साढे १ बजे सडकबाट नदीमा खसेको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । अन्य मृतकहरुको सनाखत हुन सकेको छैन ।
