News Portal

  • शुक्रबारको मौसमः वर्षासँगै भारी हिमपात, जुम्लाको तापक्रम माइनस १० डिग्री

    १५८ पटक

    काठमाडौँ । केही दिनदेखिको मौसम बदलीसँग भारी हिमपात भएको छ । मध्य तथा सुदूरपश्चिमका हिमाली र पहाडी जिल्लाहरुमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातसँगै अत्याधिक चिसो बढेको छ ।

    विहीबारदेखि सुदूरपश्चिमका अधिकांश उच्च हिमाली वर्षासँगै हिमपात भइरहेको छ । अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबारबाट हिमपात भइरहेको हो । बर्षा र हिमपात सँगै भएकोले निकै चिसो बढेको स्थानीयले बताएका छन् । चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

    बाजुराका हिमाली क्षेत्र विच्छ्याँ, रुगिनसँगै गौमुल,स्वामी, कार्तिक खप्तड छेडेदह गाउँपालिका, बडीमालिका नगरपालिका, बुढीनन्दा नगरपालिकाको कोल्टी, पाण्डुसैन र बडीमालिका नगरपालिका हिमपात भइरहेको छ । त्यस्तै पोरखे लेकमा बाक्लो हिमपात पनि भारी हिमपात भइरहेको छ ।

    त्यसैगरी विहीबारबाटै कर्णाली प्रदेशका जिल्लामा पनि वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । जुम्ला, हुम्ला, डोल्पा, मुगु, डोल्पामा हिमपात भइरहेको छ । त्यस्तै कालीकोट, जाजरकोट र सुर्खेतका उच्च क्षेत्रमा पनि हिमपात भइरहेको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको छ ।
    यो क्षेत्रका हवाई सेवा बन्द छन् भने लामो दुरीका सवारी साधान पनि छुट्न सकेका छैनन् ।

    वर्षा र हिमपातले यो क्षेत्रका जाडो बढेको छ । तापक्रम शून्य डिग्रीभन्दा तल झरेको छ । जुम्लाको तापक्रम माइनस १० डिग्री पुगेको छ ।

    यस्तै राजधानी काठमाडौंमा पनि हल्का बर्षा भइरहेको छ । वर्षासँगै अत्याधिक चिसो बढेको छ ।

    प्रतिकृया दिनुहोस्