News Portal

कांग्रेस केन्द्रीय समिति बैठक पौडेल पक्षले आज पनि बहिष्कार गर्ने

११९ पटक

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय समितिको बस्दै छ ।

राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न अपराह्न बैठक बोलाइएको हो । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बहिष्कार गर्दै आएपछि केन्द्रीय समितिको बैठक पटक-पटक सरेको छ ।

यस अघिको बैठकमा संस्थापन पक्षले बहुमतको आधारमा महाधिवेशनको मिति र विभागहरु गठन गरेको भन्दै पौडेल पक्ष क्रुद्ध बनेको थियो । पौडेल पक्षले आफुहरुसँग कुनै सल्लाह नै नगरि महाधिवेशनको मिति तोकेको भन्दै नसच्याएसम्म केन्द्रीय समिति बैठकमा नजाने अडान लिएको छ ।

हिजो सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा पौडेल पक्ष अनुपस्थित भयो । पौडेल पक्षले आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने जनाएको छ ।

विभाग गठन, महाधिवेशनको मिति, नेविसंघ र तरुण दलको विवाद समाधान गर्न दुबै पक्षले वार्ता टोली नै बनाएर छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्