News Portal

  • ‘विद्यार्थीको भविष्य स्वदेशमै छ, चीन र भारतसँगै नेपाल पनि समृद्ध बन्दैछ’

    ८०४ पटक

    काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइयो) पर्सुराम कुँवर क्षेत्रीले गुणस्तरिय शिक्षा आर्जन गरेका लगनशील विद्यार्थीहरुको भविष्य स्वदेशमै सुरक्षित रहेको धारणा व्यक्त गरेका छन् । हालै काठमाडौंको नयाँबानेश्वरस्थित युनिग्लोब कलेजद्वारा आयोजित विविए ७औ तथा विविए–विआई तेश्रो व्याचको ‘स्नातक सफलता’ समारोहलाई सम्बोधन गर्दै उनले चीन र भारतसँगै नेपाल पनि अर्थिक सम्पन्न देश बन्ने ठोकुवासमेत गरेका छन् ।

    सिइयो क्षेत्रीले नेपाली विद्यार्थीहरु स्वदेशको अहिलेको अवस्थाप्रति निराश हुने र उनिहरु विदेश पलायन हुने अवस्था धेरै समय नटिक्नेमा आफू विश्वस्त रहेको बताए । उनले युरोप अमेरिका आर्थिकरुपले कमजोर हुँदै गएको र एसिया सबल र सक्षम बन्दै गएको प्रसंगलाई जोड्दै अगाडी भने,“अब आर्थिक अवस्था राम्रो हुने पालो एसियाको त्यसको नेतृत्व हाम्रा छीमेकी चीन र भारतले गरिरहेका छन्, त्यसको फाइदा हामीले लिने हो ।”

    क्षेत्रीले भारत र चीनलाई उत्तरतिरको चीन तथा दक्षिणको भारतलाई दुइतिरका पानीले भरिएका ताता गिलासको संज्ञा दिदै, नेपाल पनि बीचको चिसो गिलास भएको भन्दै, त्यस बीचमा भएको चिसो गिलास पनि तात्न बाध्य हुने धारणा राख्दै नेपाल पनि आर्थिक सम्पन्न हुने बाटो खुल्दै गएको बताए । अहिले राजनीतिक तथा सामाजिकरुपले नेपाल स्थिर र सुदृढ हुनु विकास र समृद्धिको संकेत भएको उनको ठम्याई छ । चीन यति धेरै नजिक आउन खोजे पनि हामीले निकै टाढाको देखिरहेकोप्रति चिन्ता पनि व्यक्त गरे । आगामी दिनहरुमा हामीले नजिकको सहकार्य गर्नै पर्ने भएकोले पनि विद्यार्थीहरुलाई बरु चिनीयाँ भाषा पढ्नसमेत सुझाए ।

    लाजिम्पाटस्थित र्याडिसन् होटलमा भएको उक्त कार्यक्रममा युनिग्लोब कलेजका प्रिन्सिपल डा.नर बहादुर बिस्टले चार वर्षको लामो संकल्पपश्चात स्नातक तह (ब्याचलर डिग्री)मा सफलतापूर्वक उत्तिर्ण गर्ने विद्यार्थीलाई बधाई दिए । सबै विद्यार्थीहरुलाई सकभर स्वदेशमै अध्ययन गर्न र अझै अगाडीको पढाईलाई निरन्तरता दिन सल्लाह दिए । कलेजका प्रबन्ध निर्देशकसमेत रहेका डा. बिस्टले मुख्य एक्याडेमिक गतिविधिहरुबारे जानकारी दिदै,आफूहरुको तर्फबाट पनि निकै मेहनत गरेको र त्यही अनुसार विद्यार्थीहरुले पनि राम्रो रिजल्ट निकाल्दै गएकोप्रति खुशि व्यक्त गरे । डा. विष्टले निकट भविष्यमा नेपाल विदेशी विद्यार्थीको रोजाइको केन्द्र बन्नसक्ने बताउँदै शैक्षिक वातावरणलाई राम्रो र सुदृढ बनाउन सरोकारवाला पक्षको पनि ध्यानाकर्षण गरे । आफ्ना कलेजका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय स्तरमा गएर राम्रो प्रस्तुति देखाउँन सफल भएकोप्रति पनि हर्ष व्यक्त गरे ।

     

    त्यसैगरी ग््रयाजुएट विद्यार्थीहरुलाई गोल्छा ग्रुपका अध्यक्ष लोकमान्य गोल्छाले मार्केटमा रोजगारीको लागि जानुपूर्व आफ्नो व्यक्तित्वको निखार ध्यान दिन जोड दिए । अध्यक्ष गोल्छाले मेहनती र लगनशील विद्यार्थीहरुको लागि बजारले व्यापक खोजि गरिरहेको र त्यसका लागि आफूलाई कति फिट राख्न सक्छ त्यो स्वयम व्यक्तिमा भर पर्ने बताउँदै उनले भने,“जबले तपाइलाई खोजिरहेको हुन्छ, तर तपाईले आफ्नो आनिबानी, बोल्ने, प्रस्तुत हुने, उठ्ने–बस्ने, हिड्ने, लवाई–खवाई लगायतका सामान्य कुराले पनि तपाई करियरमा प्रभाव पर्छ, त्यसमा ध्यान दिनुस् ।”

    सो कलेजका एक्याडेमिक डिरेक्टर प्रोफेसर डा.राधेश्याम प्रधानले सफल सबै विद्यार्थीलाई बधाई तथा आगामी सफल जीवनको लागि शुभकामना दिए । प्रोफेसर डा. प्रधानले विद्यार्थीहरुको कार्यकुशलताको बारेमा स्मरण गर्दै भने, “कलेजले विद्यार्थीहरुलाई देश–विदेशमा रिसर्च पेपर प्रेजेन्ट गर्न लगाउँछन् र अन्य कार्यहरुमा पनि प्रोत्साहित गर्छ, त्यसमा पनि तपाइहरुले राम्रो गरेर कलेजको नाम देश–विदेशमा फैलाउन सफल भएकोमा धेरै धन्यवाद ।”

     

    उक्त कार्यक्रममा सबै विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल डा.नर बहादुर विस्टले टोकन अफ लभ प्रदान गरेका थिए । साथै BBA र BBA-BI का विद्यार्थीहरुलाई विभिन्न विदामा उत्कृष्ट विद्यार्थीहरुलाई अवार्ड पनि प्रदान गरेर विद्यार्थीलाई प्रोत्साहित गरिएको थियो । जुन निम्नानुसार रहेका छन्ः

    • The most Discipline Student: Anupama Bhattarai (BBA-BI)

    : Rajkumar Mukhiya(BBA)

    :  Bir B. Khadka(BBA)

    • The most leadership personality: Shikha Gautam (BBA-BI)

    :  Sashmi Dahal(BBA)

    : Mausam Adhikari(BBA)

    • Best Female Personality:             Susmita Bishwokarma(BBA-BI)

    :  Ramila Karki(BBA)

    :  Bandana KC(BBA)

    • Best Male Personality                : Ramesh Rawat(BBA-BI)

    :  Bhairav Pande(BBA)

    :  Birendra Rawal(BBA)

    • The most active personality:     David Ghimire(BBA-BI)

    : Mohan Singh Dhami(BBA)

    : Mukesh Raya Yadav(BBA)

    • The Class Representative(CR): Sushmita Bishwokarma(BBA-BI)

    : Sushil Dhungana(BBA)

    : Mausam Adhikari(BBA)

    • Most Supportive:                           Pranisha Shrestha(BBA-BI)

    : Niki Kumari Jha(BBA)

    : Sova Saud(BBA)

    प्रतिकृया दिनुहोस्