News Portal

  • हुम्लाका पत्रकार तामाङमाथि दुव्र्यवहार, महासंघद्धारा घटनाको गम्भीर ध्यानाकर्षण

    ३०६ पटक

    काठमाडौं । हुम्लाका पत्रकार नरजंग तामाङलाई गरेको दुव्र्यवहार घटनाप्रति पत्रकार महासंघ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    समाचारको विषयलाई लिएर नयाँ पत्रिका दैनिक र नेपाल टेलिभिजन हुम्लाका समाचारदाता तामाङलाई खार्पुनाथ गाँउपालिका कार्यालय नजिक रहेको प्रभु बैंकका कर्मचारी रामजंग शाही र स्थानीय जगदिश हमालले हातपात र दुरव्यवहार गरेका थिए ।

    महासंघको कर्णाली प्रदेश समितिका अनुसार पुस ११ गते समाचार संकलन गरेर फर्कने क्रममा उनलाई उनीहरुले हतापात र दुव्र्यवहार गरेका थिए ।

    स्वतन्त्रता पुर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि कार्यस्थलमा हातपात तथा दुव्र्यवहार हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघले ठहर गरेको छ ।

    महासंघ प्रेस विरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गरी प्रेस विरोधी कार्य गर्नेलाई नियन्त्रणमा लिई कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्