News Portal

सैन्य परेडलाई लक्षित गरी भएको बिस्फोटमा ५ जनाको मृत्यु

२०४ पटक

काठमाडौं । यमनको दक्षिणी शहर अल ढलेआमा भएको बिस्फोटमा ५ जनाको मृत्यु भएको छ ।

सैन्य परेडलाई लक्षित गरी भएको बिस्फोटमा कयौं घाइते भएका छन् । परेड खेलिरहेका सैनिकलाई लक्षित गरी बिस्फोट गराइएको थियो । घटनाको कुनै पनि समूहले जिम्मा लिएको छैन ।

सुरक्षाकर्मीहरुले आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरेका छन् । यसैबीच हुथी विद्रोहीका प्रवक्ता याह्या सरियाले भने यमनमा युद्धविरामको तयारी भएपनि आफूहरुले आक्रमणलाई निरन्तरता दिने बताएका छन् ।

उनले साउदी अरेबियाका विभिन्न सैन्य क्याम्पहरु आफूहरुको निसानामा रहेको बताएका छन् । उक्त समूहले यसअघि साउदीका विभिन्न स्थानमा भएको हमलामा आफूहरुको संलग्नता रहेका बताउँदै आएको छ । गत अगस्टमा पनि एक सैन्य परेडमा ड्रोन हमला गरेको उनीहरुको दावी छ ।

उक्त हमलामा कमाण्डरसहित ३६ जनाको मृत्यु भएको थियो । सन् २०१४ मा यमनमा होथी विद्रोहीको आन्दोलनका कारण राष्ट्रपति अब्द रब्बू मन्सर हादीको सरकार ढलेसँगै यमनमा पछिल्ला पाँच वर्षमा द्वन्द्व चर्किएको हो ।

सन् २०१५ मा साउदी–युएई गठबन्धनले हादीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई पुन : स्थापना गर्न सेनाले हस्तक्षेप गरेको थियो ।

प्रतिकृया दिनुहोस्