News Portal

  • इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर सिटी विजयी

    ३५५ पटक

    काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई हराएको छ ।

    गएराती आर्सनलको मैदानमा भएको लण्डन डर्बीमा चेल्सी २–१ ले विजयी भयो । खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिए ।

    तर दोस्रो हाफको अन्तिम ७ मिनेटमा चेल्सीका जर्जीनो र ट्यामी अब्राहमले एक एक गोल गर्दै चेल्सीलाई विजयी गराए ।

    प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । लिभरपुलको जितमा सादियो मानेले निर्णायक गोल गरे ।

    गएराती म्यान्चेस्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–० ले पराजित र्गयो । म्यान सिटीको जितमा सर्जियो अगुएरो र केभिन डे ब्रायनले एक एक गोल गरे ।

    गएरातीका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ५५ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ ।

    एक खेल बढी खेलेको लेष्टर सिटी ४२ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको म्यान सिटीको ४१ तथा चौथो स्थानको चेल्सीको ३५ अंक छ ।

    प्रतिकृया दिनुहोस्