News Portal

स्टाफ नर्स मृत फेला

२२७ पटक

धनगढी । एक जना स्टाफ नर्स धनगढीमा मृत अवस्थामा फेला परेकी छिन् ।

मृत फेला पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.१० की स्टाफ नर्स २० वर्षिय सुनम ऐर हुन् ।

धनगढी उपमहानगरपालिका वडा नं.५ तारानगरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्ने उनी आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयकैलाली जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक ऐर धनगढीस्थित निसर्ग अस्पताल र नवजीवन अस्पतालमा कार्यरत थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्