
काठमाडौं । राजधानीको मिनभवनमा गएराति एक वृद्धालाई ठक्कर दिएर भागेको टिप्परलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।
मिनभवनस्थित नापी विभाग अगाडि ७० वर्षिय वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको हो। राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भीर घाइते भएकी थिइन् ।
सिभिल अस्पताल र्पुयाइएको उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। मृत्यु हुने वृद्धाको परिचय खुलेको छैन । अहिलेसम्म आफन्त पनि सम्पर्कमा नआएका प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा चेकजाँच र नाकाबन्दी बढाएर टिपरको खोजी तीब्र पारेको थियो । त्यसक्रममा क्षेत्रपाटीमा टिप्पर भेटिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
