News Portal

  • अरुण तेस्रो आयोजनाको निर्माण कार्य पुन : शुरु

    ३६५ पटक

    काठमाडौं । अवरुद्ध निर्माणाधीन अरुण तेस्रो आयोजनाको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ ।

    आयोजनालाई मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेका थिए । स्थानीयलाई लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान गर्ने आश्वासन दिएपछि निर्माण कार्य सञ्चालन भएको हो ।

    स्थानीय प्रशासन, राजनीतिक दल, गाउँपालिका र पीडितबीच चाँडै विवाद समाधान गर्ने सहमति भएको हो ।

    सहमतिपछि सडकअवरुद्ध र सुरुङ निर्माणको काम शनिबारदेखि सञ्चालन भएको हो । अरुण तेस्रोको काम करिब ३० प्रतिशत भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयले बिहीबारदेखि आन्दोलन गरेका थिए ।

    विरोधमा उत्रिएका स्थानीयले अरुण तेस्रो आयोजनाको दिदिङमा निर्माणाधीन पावरहाउसको सुरुङमार्गको काम बन्द गराएका थिए । सुरुङ निर्माणको काम ठप्प भएपछि २ हजार कामदार अलपत्र परेका थिए ।

    प्रतिकृया दिनुहोस्