News Portal

स्वास्थ्यवर्धक खाने कुरा गाजर

११०१ पटक

काठमाडौं । गाजर स्वादिलो मात्र होइन स्वास्थ्यवर्धक खाने कुरा हो ।

सिंगै होस् वा सलादको रूपमा अथवा तरकारी वा हलुवाका रूपमा खान सकिने गाजर पौष्टिकताले भरपुर हुन्छ ।

भिटामिन ए, बी, सी, डी, ई तथा के समेत गाजरमा पाइन्छ । यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व हुन्छ । गाजर सम्भव भए दिनहुँ खानु राम्रो हुन्छ ।

नियमित गाजर खानुका फाइदा धेरै हरेका छन् । रक्तअल्पताको समस्यामा गाजरको नियमित सेवन रामवाण हो । गाजरले रगत उत्पादन बढाउँछ ।

भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि यसले सहयोग गर्छ । रतन्धो हुनबाट जोगाउँछ । गाजरको नियमित सेवनले रगतलाई बढी गाढा हुनबाट जोगाउँछ ।
यसका कारण मुटुरोगको जोखिम कम हुन्छ । नियमित रूपमा गाजर खानाले खोकी, दम र पिसाब पोल्ने जस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ । नियमित गाजर सेवनले छाला स्वस्थ तथा चमकदार हुन्छ । यसले क्यान्सरको जोखिम पनि कम गर्छ ।

प्रतिकृया दिनुहोस्