News Portal

  • हिमागृह यतीलाई दिन चलखेल

    १२६ पटक

    काठमाडौं । नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह यती होल्डिङ्स प्रालिलाई दिन चलखेल सुरु भएको छ ।

    पूर्वराजपरिवारको नामबाट ट्रस्टको स्वामित्वमा आएको पोखरा फेवाताल किनारमै अवस्थित १० रोपनी ४ आना क्षेत्रफलमा फैलिएको हिमागृह र त्यसले चर्चेको जग्गा रिसोर्ट बनाउन यतीलाई दिन चलखेल भइरहेको स्रोतको भनाई छ ।

    २०७३ साल वैशाख ८ गते आङछिरिङ शेर्पा स्वामित्वको यती समूहलाई हिमागृह र त्यसले चर्चेको जग्गा भाडामा दिने निर्णय भएको थियो ।

    त्यतिबेला पनि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेका थिए ।

    प्रतिकृया दिनुहोस्