News Portal

  • सुरक्षा चेक पोष्टमा कार बम विस्फोट, ९० जनाको मृत्यु

    ३०६ पटक

    काठमाडौँ । व्यस्त समयमा कार बम विस्फोट हुँदा ९० जनाको मृत्यु भएको छ । यो घटना सोमालियाको हो । राजधानी मोगादिसुमा बम विस्फोट भएको हो । राजाधानीकै एक चेक पोष्टमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय माध्यमहरुले बताएका छन् ।

    राजधानीस्थित मदिना अस्पतालका निर्देशक डा. मोहम्मद युसुफले अहिलेसम्म आफूहरूले ७३ शवहरू बुझेको बताएका छन् । त्यस्तै ५१ जना मृतक र दुई दर्जन घाइतेलाई आमिन एम्बुलेन्स सेवाले अस्पताल पुर्याएको थियो ।

    सोमालियाका एक सांसद मोहम्मद अब्दिरिजाकले मृत्यु हुनेको सङ्ख्या ९० भन्दा बढि भएको बताएका छन् । तर पुष्टि हुन सकेको छैन । अस्पतालले ७६ जनाको मत्यु भएको पुष्टि गरेको छ । विस्फोटबाट धेरै जना गम्भीर घाइते भएकोले मृतकको संख्या बढ्नेछ ।

    विस्फोटमा परी गम्भीर केही घाइतेको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

    विगत दशवर्षदेखि अल–कायदासँग सम्बन्धित अल–शबाबले सोमालियमा विद्रोह गरिरहेको छ । सरकारी सुरक्षाफौजले सन् २०११ मा राजधानीबाट धपाइएको भए पनि अन्य केही भागमा यसको नियन्त्रण अझै कायमै छ ।

    प्रतिकृया दिनुहोस्