News Portal

गोर्खा जेल ब्रेककी कमाण्डर उमा भुजेलसहित नेकपाका ९ नेता गिरफ्तार 

७७४ पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ । मेची–कोसी व्युरो समेत रहेकी भुजेलसहित ९ जनालाई फरक फरक ठाउँबाट केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेकपाको मेची–कोसी व्युरो इन्चार्ज उमासहित मेची–कोसी ब्युरो कार्यालय सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई, क्षितिज पौडेल, नवराज नेपाल, दिपक आचार्य, जगतबहादुर पुलामी र गोविन्द कार्कीलगायत ९ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुमध्ये मोरङको सोमबारेबाट शुक्रबार र सुनसरीको चकरघट्टीबाट शनिबार बिहान गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

नेकपा स्रोतका अनुसार मेची-कोसी ब्युरो ईन्चार्जसमेत रहेकी भुजेलसँगै मोरङ इन्चार्ज नरेश चौलागाइँ, ब्यूराे कार्यालय सचिव सुमन सिंह, क्षितिज पौडेल,नवराज नेपाल, दिपक आचार्य, जगत बहादुर पुलामी र गोविन्द कार्कीसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

जनयुद्धको बेला तत्कालिन नेकपा (माओवादी) नेतृहरुले २०५७ साल चैत १७ गते गोर्खा जेल ब्रेककी थिइन् । उक्त जेल ब्रेकको कमाण्डर भुजेल थिइन् ।

पहिलो संविधान सभामा समानुपातिक सभासद भएकी भुजेल अन्तरिम व्यवस्थापिकामा सांसद समेत थिइन् । भुलेजका श्रीमान् पनि जेलमै छन् ।

प्रतिकृया दिनुहोस्