
कञ्चनपुुर । हात्तीसार ल्याइएको ८४ वर्षिय रतनकलीको बिहीबार मृत्यु भएको छ ।
चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए ।
हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन लगेको थिए । ‘चर्दाचर्दै हात्ती बस्यो, हात्तीसार ल्याउन नसकेपछि कर्मचारीले राति पहरा दिँदै गर्दा निधन भयो’
रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटमा ल्याइएको थियो । ‘बिरामी नभए पनि बूढेसकाल लागेकै कारण मृत्यु भएको हो’ पौड्यालले भने,‘विधिप्रक्रिया अनुसार शुक्रबार अन्त्येष्टि गरिएको छ ।’ हात्तीको औसत आयु ७० देखि ८० वर्ष हुने गर्छ ।
रतनकलीको अन्येष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जमा १० वटा हात्तीको दरबन्दी रहे पनि ७ वटा मात्रै थिए । प्रमुख संरक्षण अधिकृत ढकालले निकुञ्जको गस्ती, पर्यावरणका लागि अझै ५ वटा हात्ती आवश्यक रहेको बताए ।
