News Portal

  • आइएसले बग्दादी हत्याको बदला लिएको भन्दै ११ जना इसाइ धर्मावलम्बीको गर्यो हत्या

    २४५ पटक

    काठमाडौं । नाइजेरियामा इस्लामिक अतिवादी समूह ‘आइएस’ले ११ जना इसाइ धर्मावलम्बीको हत्या गरेको दाबी गरेको छ ।

    उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि उनीहरुलाई नियन्त्रणमा लिएको थियो । आइएसले हत्यालाई सिरियामा गएको अक्टोबरमा आफ्ना नेता अबु बकर अल–बग्दादी मारिएको घटनाको बदला अभियानको एउटा हिस्सा भएको जनाएको छ ।

    ५६ सेकेन्ड लामो भिडियोमा हत्याको दृश्य देखाइएको छ । भिडियो डिसेम्बर २६ तारिखमा जारी गरिएको थियो । आइएसको ‘समाचार एजेन्सी’ अमाकले भिडियो सार्वजनिक गरेको हो ।

    हत्या गरिएका व्यक्ति सबै पुरुष हुन् तर, मृतककाबारेमा कुनै जानकारी दिइएको छैन । अज्ञातस्थलमा एक बन्धकलाई गोली हानिएको छ भने अरु १० जनालाई भुइँमा सुताएर उनीहरूको गर्दन काटिएको छ ।

    आइएसका नेता बग्दादी र प्रवक्ता मुहाजिर सिरियामा अमेरिकी कारबाहीमा मारिएका थिए । सो मृत्युको करिब २ महिनापछि डिसेम्बर २२ मा आइएसले मृत्युको प्रतिशोधमा नयाँ सैन्य अभियान घोषणा गरेको थियो ।

    प्रतिकृया दिनुहोस्