News Portal

तीनचक्के मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

१५६ पटक

पाँचथर । सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ९ बजेतिर फिदिम नगरपालिका-१, बुद्धमार्गमा तीनचक्के ‘अन टेस्ट’ मोटरसाइकल दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक फिदिम-२, ओदिनका विष्णु इङवा रहेका छन् ।
दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा शुक्रबारै राति साढे ११ बजे जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तीव्रगतिका कारण मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक तिम्सिनाले बताए । सो मोटरसाइकल सडक छेउको नालीमा खसेको थियो ।

प्रतिकृया दिनुहोस्