News Portal

  • झुन्डिएरको अवस्थामा प्रहरी जवानको शव फेला

    १२४ पटक

    विराटनगर । प्रहरी जवान सञ्जिव खड्काको शव शौचालयमा झुन्डिएको अवस्थामा फेला
    परेको छ ।

    शुक्रबार दिउँसो उनी कार्यरत वडा प्रहरी कार्यालय ‘क’ विराटनगरको शौचालयमा चुक्कुल र घाँटीमा मखलर गाम्छाको पासो लगाएर बलोमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

    मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार उनले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको छ ।

    उनको शव परिवारका सदस्य आएपछि जिम्मा लगाउने गरी कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । उनी ४ दिनदेखि मात्रै वडा प्रहरी कार्यालयमा कार्यरत थिए ।

    प्रहरीकाअनुसार खड्काले केही दिन अघिदेखि टोलाउने, एकसुर भएर हिड्ने, साथीभाईहरुसँग त्यति नबोल्ने, एक्लै बस्न रुचाउने जस्ता गतिविधि गरिरहेका थिए ।

    खड्काले एक वर्षअघि मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत रहँदा आफ्नै छातीमा गोली प्रहार गरेका थिए । उर्लाबारी नै दरबन्दी भएका उनले २०७५ पुस ९ गते ‘थ्रिनट थ्री’ राइफलबाट छातीमा गोली प्रहार गरेर आत्महत्याको प्रयास गरेका थिए ।

    स्वास्थ्य अवस्था ठीक भएपछि काममा फर्किएका उनले पछि आफैले आत्महत्याको प्रयास गरेका थिए ।

    प्रतिकृया दिनुहोस्