News Portal

  • प्रतिबन्धित लागुऔषधसहित युवक पक्राउ

    १९३ पटक

    काठमाडौं । बरियारपट्टीबाट प्रतिबन्धित लागुऔषधसहित १ जना युवा पक्राउ
    परेका छन् ।

    प्रतिबन्धित लागुऔषधसहित आज बिहान सिरहाको बरियारपट्टीबाट ति युवक पक्राउ परेका हुन् ।

    सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आउँदै गरेको स १० प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित सिरहाको लहान नगरपालिका ११ का २६ वर्षिय उदय नारायण चौधरीलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका चौधरीको साथबाट लागुऔषध फेनारगन २५४ पिस, डाइजील्याप २५५ पिस र नोफिन २५२ पिस बरामद भएको सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीका सशस्त्र प्रहरी निरीक्षक कुमार तिम्लिसिनाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्