News Portal

एनसेल ‘मेला’मा तीनवटा बम विस्फोट

४७६ पटक

बुटवल । एनसेल मेला स्थल नजिकै बम विस्फोट भएको छ । चौतर्फी विरोधबीच एनसेलले बुटवलमा आजबाट एनसेलले कन्सर्ट तथा महोत्सवको आयोजना गरेको छ ।

बुटवलको सिद्देश्वर स्कुलको प्राङ्गनमा आजबाट (शनिबार) एनसेलको कन्सर्टको अन्तिम तयारी भइरहेको बेला बम विस्फोट भएको हो । सुख्खा नगरस्थित सिद्देश्वर माविको नजिकै बम बिस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् । विस्फोटको आवाज शुक्रबार साँझ ९ बजे, राति १२ बजे र विहान ४ बजे सुनिएको स्थानीयबासीले बताएका छन् ।

कडा सुरक्षा दिइएको मेला स्थल नजिकै लगातार तीनवटा बम विस्फोटले स्थानीय त्रसिद बनेका छन् । मेला प्रभावित हुने देखिएको छ । विस्फोट कसले गराएको भन्ने कुरा खुलेको छैन । तर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मेलाको विरोध गर्दै आएको थियो ।

मेला तथा महोत्सव नगर्न नेकपाका रुपन्देही सेक्रेटरी बिजयले चेतावनी दिएका थिए । उनले विज्ञप्ति जारी गरेर राज्यलाई कर तिर्न छोडेर मेला आयोजना गरेको भन्दै विरोध गर्दै कुनै घटना भए एनसेल नै जिम्मेवार हुनुपर्ने बताएका थिए ।

  • सांकेतिक तस्विर
प्रतिकृया दिनुहोस्