
काठमाडौं । एकसय जना सवार विमान दुर्घटनामा परेको छ । यो घटना काजकस्तानको हो ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको छ ।
उद्दारकर्ताहरुले १० जनाको मृत्यु भएको पुष्टि गरेपनि अन्य यात्रुबारे केही जानकारी दिएका छैनन् । विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु सवार थिए ।
दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु लागेकोले उद्दारकार्यकमा केही अप्ठ्यारो भइरहेको बताइएको छ । विमान एक संरचनामा ठोक्किएर दुईतले भवनमा जोतिएको छ। विमानमा आगो भने नलागेका कारण ठूलो मानविय क्षति नभएको पनि बताइएको छ ।
दुर्घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थल पुगेका थिए । उनीहरूले उद्धार कार्य गरिरहेको त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् ।
