News Portal

  • बसले विद्यार्थीलाई ठक्कर दिँदा आगजनी र तोडफोड, स्थिति तनावग्रस्त

    १६३ पटक


    ६ पुस
    काठमाडौं । बसको ठक्करबाट घाइते भएकी पशुपति क्याम्पसकी विद्यार्थी सृष्टि पन्तको मृत्यु भएको छ ।

    चावहिलमा बाटो काट्ने क्रममा बसले ठक्कर दिएर घाइते भएकी पन्तको उपचारको क्रममा मृत्यु भएको हो ।

    विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिलको सुकेधारा क्षेत्र तनावग्रस्त बनेको छ ।
    उनलाई ठक्कर दिएर गाडी भागेपछि आक्रोशित उनका साथिहरुले अन्य गाडीमा तोडफोड गरेका छन् ।

    विद्यार्थीहरुले बा ४ ख ७१०१ नं.को बसमा आगजनी गरेका गरेका छन भने अर्को बा ३ ख ४४३३ नं.को बसका सिसासमेत तोडफोड गरेका छन् ।

    गाडीको ठक्करबाट घाइते पन्तको उपचार भइरहेको र उनलाई ठक्कर दिने बा ७ ख ५९३० नं.को बस भागे पनि चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्