
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने निर्णय भएको छ ।
आइतबार सकिएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गते बोलाउने निर्णय गरेको श्रोतले बताएको छ ।
स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।
महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय पनि भएको छ ।
