आज :

आगामी बिहीबार सूर्यग्रहण लाग्दै, नांगो आँखाले हेर्न नहुने

काठमाडौं । आगामी बिहीबार यही पुष १० गते खण्डग्रास सूर्य ग्रहण लाग्दैछ ।

नेपाली समय अनुसार बिहान ८ :४२ बजेदेखि ११ : ३१ बजेसम्म सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताएका छन् । योे ग्रहणले बढी असर गर्ने उनले बताएका छन् ।

ग्रहण संक्रमण कारक हुने भन्दै उनले भने,‘सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै, त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ ।

ग्रहण अवधिभरि अन्न, जल तथा भोजन ग्रहण गर्न नहुने, स्नान गर्न नहुेन, यो शुरू हुनभन्दा पहिला र अन्त्य भैसकेपछि मात्र स्नानादि गर्नुपर्ने ज्योतिष शास्त्रको मत छ । साथै नंगो आँखाले ग्रहण हेर्न नहुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal