News Portal

प्रधानमन्त्रीसँग कुरा नमिलेपछि ‘बलिको बोको’ बनाइयोः बलदेव

२३७ पटक

काठमाडौँ । कृषि मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेकोले आफूलाई मन्त्रीबाट हटाइएको बताएका छन् । राजधानी बाहिर रहेका बलदेले बुधबार नै संचारमाध्यमसँगको कुराकानीमा आफू र उद्योग मन्त्री मातृका यादव मन्त्रीलाई बलीको बोका बनाइएको बताइसकेका थिए ।

निर्वाचन क्षेत्रको कामको सिलसिलामा भैरवामा रहेका बलदेवले आफूहरुलाई बनाएपनि अरुलाई मन्त्रीलाई बलीको बोका नबनाउन आग्रह समेत गरेका थिए । उनले मन्त्री हटाउने र थप्ने प्रधानमन्त्रीको अधिकार भएको तर केही विषयमा कुरा नमिलेकै कारण हटाउनुले गलत सस्कारको विकास गर्ने बताए ।
“कुरा मिलेको छैन । प्रधानमन्त्रीले बोल्न पनि छोड्नुभएको छ । बरु हाम्रो कारणले अरु मन्त्री बलिको बोको नबनुन्” बलदेवले भने । उनले मन्त्रीबाट हटेको खबर पत्रकार सम्मेलन गरेर पठाइदिन भनेको समेत बताएका थिए ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकमा पनि बलदेव र यादव सहभागी भएका थिएनन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ तीन राज्यमन्त्रीसहित नौ मन्त्रीलाई नियुक्त गरेकी छन् ।

नयाँ मन्त्रीहरुमा घनश्याम भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङमहिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री, बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । त्यसैगरी लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ती, र रामेश्वर राय यादवलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले तीनजना राज्यमन्त्री पनि नियुक्त गरेका छन् । मोती दुगड उद्योग, नवराज राउत स्वास्थ्य र रामवीर मानन्ध सहरी विकासको जिम्मेवारी दिइएको छ ।

सबै जनामन्त्रीको सपथको तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्