काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा १२ जना न्यायाधीश नियुक्त गरेको छ ।
न्यायपरिषदको बुधबार बसेको बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, सरकारी वकिलबाट एक जना र कानुन व्यवसायीबाट पाँच जना गरी १२ न्यायाधीश नियुक्त गरेको हो ।
१२ न्यायाधीश नियुक्त भएसँगै बहालवाला ८ न्यायाधीश सरुवामा परेका छन् । मंसिरभित्रै रिक्त हुने उच्च अदालतका ३ न्यायाधीशमा नाम सिफारिस पनि गरिएको छ ।
