
काठमाडौं । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई पक्राउ गरेको छ ।
प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला हत्या प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको मुद्दामा पक्राउ गरिएको बताए ।
पन्तको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।
