News Portal

  • कोरियालाई हराउँदै ब्राजिल विजयी

    १४५ पटक

    काठमाडौं । फुटबल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ३-० ले हराएको छ ।

    अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा युएईको आबुधाबीमा गएराति भएको खेलमा ब्राजिललाई विजयी गराउन लुकास पाक्विता, फिलिप कौटिन्हो र डानिलोले १-१ गोल गरे ।

    अन्य मैत्रीपूर्ण फुटबल खेलहरुमा भेनेजुएलाले जापानलाई ४-१ ले हराउँदा क्रोएसियाले जर्जीयालाई २-१ ले तथा मोन्टेनेग्रोले बेलारुसलाई २-० ले हरायो ।

    कोलम्बियाले इक्वेडरमाथि १-० को जित निकाल्दा साउदी अरेबियाले पाराग्वेसँग गोलरहित बराबरीमा खेलेका हुन् ।

    प्रतिकृया दिनुहोस्