News Portal

  • काँग्रेस सभापति र सांसदबीच कुटाकुट 

    ४३३ पटक

    वीरगञ्ज । नेपाली कांग्रेस सभापति र सांसदबीच कुटाकुट भएको छ । नेपाली काँग्रेसका वीरगञ्‍ज नगर सभापति र काँग्रेसकै प्रदेससभा सदस्य सदस्यबीच कुटाकुट भएको छ ।

    बुधबार विहान प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो । उनीहरुबीच आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौज गर्दै आएका थिए ।

    प्रत्यक्षदर्शीका अनुसार चिया पसलअगाडि भएको भनाभनपछि दुवै नेता कुटपिटमा उत्रिएका थिए । चिया पिउन जम्मा भएका स्थानीयले छुट्‍याउन खोजेका थिए तर उल्टै गाली खाएका थिए ।

    कुटापिटबाट बढी चोट सांसद शर्मालाई लागेको बताइएको छ । उनको नाकबाट रगत बगेको थियो । सांसद शर्माले आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगर सभापति भोला कलवारले बताएका छन् ।

    दुबै नेता पार्टीको संस्थापन पक्षका निकट हुन् ।

    • फाइल फोटो
    प्रतिकृया दिनुहोस्