
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिएको छ ।
१२ औँ साधारणसभाले शेयरधनीलाई १२.७५ प्रतिशत नगद र १२.७५ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७५-७६ मा २ अबै ७६ करोड रुपैयाँ नाफा गरेको थियो ।
बोनश शेयर वितरणपश्चात बैंकको चुक्तापूँजी ११ अर्ब ७६ करोड पुगेको छ । साधारण सभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभाबाट पारित भएसँगै दुई बैंक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको जनाएको छ ।
साधारण सभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।
