News Portal

भीरबाट लडेर रानाको मृत्यु

११९ पटक

सल्यान । भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका १ का २३ वर्षिय गोपाल रानाको भीरबाट लडेर मृत्यु भएको छ ।

सोमबार रोल्पाको रन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिँडेका उनी मंगलबार बिहान रुन्टीगडीको धुम्का भिरमा मृत फेला परेको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए ।

बाटोबाट करिब २ सय मिटर तल उनको शव फेला परेको छ । भिरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्