News Portal

वडा अध्यक्ष साह घुस रकमसहित पक्राउ

१९२ पटक

विराटनगर । मोरङको जहदा गाउँपालिका १ का कार्यबहाक वडा अध्यक्ष उमेशकुमार साह घुस रकमसहित मंगलबार दिउँसो पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले २१ हजार घुससहित उनलाई वडा कार्यालय परिसरबाट रंगे हात पक्राउ गरेको हो । अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले सडक स्तरोन्नतीको योजना सम्झौता गर्ने क्रममा उनले घुस मागेको आरोपमा पक्राउ गरेको बताए ।

उनका अनुसार योजना सम्झौता गर्न भनेर आएको पक्षसँग साहले १० प्रतिशत घुस मागेका थिए । सोमबार नै हुनुपर्ने सम्झौता एक दिनपछि मंगलबार भएका कारण साहले थप १ हजार रुपैयाँ माग गरेको पाइएको छ । ढकालले साहमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको बताए ।

प्रतिकृया दिनुहोस्