News Portal

  • बिल गेट्स २ वर्षपछि फेरी संसारकै धनी

    ३०१ पटक

    काठमाडौं । संसारको सबैभन्दा बढी धनी मानिसको सूची सार्वजनिक भएकोे छ ।

    माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स २ वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

    १ सय १० अर्ब अमेरिकी डलरका साथ गेट्स संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । ६४ वर्षिय उनको नेपालीमा हिसाब गर्ने हो भने १ सय २५ खर्ब ४० अर्ब रुपैयाँको सम्पत्ति हुनेछ ।

    ब्लुमवर्ग पत्रिकाका अनुसार गेट्सलाई यो स्थान पाउन २ वर्ष कुर्नु पर्यो । उनी सन् २०१७ पछि फेरि सबैभन्दा धनीको सूचीमा परेका हुन् । सन् २०१७ मै अमेजनका मालिक जेफ बेजोसले गेट्ससँग यो स्थान खोसेका थिए ।

    यसवर्ष भने बेजोसले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ । उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर अर्थात् १ सय २४ खर्ब २६ अर्ब नेपाली रुपैयाँ सम्पति छ । तेस्रा धनी भने फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट बनेका छन् ।
    उनीसँग १ सय ३ अर्ब अमेरिकी डलर छ । ८६ अर्बसहित वारेन बफेट चौथो स्थानमा रहँदा फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५.५ अर्ब डलरसहित पाँचौ स्थानमा छन् ।

    माइक्रोसफ्टको शेयर पछिल्लो समय बढ्नु र अमेजनको घट्नुको परिणाम धनीहरुको सूचीमा पनि परेको हो । अमेजनका मालिक बेजोसले यसै वर्ष श्रीमतीसँग सम्बन्ध विच्छेद गरेकाले पनि त्यसको असर कम्पनीको शेयर मूल्यमा परेको हो ।

    उनले २५ प्रतिशत सम्पत्ति श्रीमतीलाई दिएर सम्बन्ध तोडेका थिए । संसारकै धनीको सूचीमा रहेका बिल गेट्स दानीमा पनि हुन् । उनले संसारको स्वास्थ्य सुधारका लागि सन् १९९४ देखि बिल एन्ड मिडिला गेट्स फाउन्डेशन मार्फत दान गर्दै आएका छन् । उनीहरुहरुले ३५ अर्ब डलरभन्दा बढी दान गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्