News Portal

  • प्रतिकूल प्रभाव नपर्ने गरी मुआब्जा लिन सबैलाई प्रधानमन्त्रीको आग्रह

    ६७५ पटक

    काठमाडौं । ठूला आयोजनालाई प्रभाव नपार्ने गरी जग्गाको मुआब्जा लिन सम्बन्धित सबै पक्षलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

    उनले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले हाम्रा ठूला आयोजनाहरु विलम्ब हुने र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गरे ।

    रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उदघाटन गर्दै उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने स्पष्ट पारे ।

    सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि भएकाले यसमा धेरै महंगो हुने गरी मुआब्जा लिने काम गर्न नहुने बताए । उनले जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पुर्याउने ठूल्ठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने काममा बिलम्व भएको बताए ।

    उनले सो विद्युत आयोजनाले मुलुकमा विद्युत आयात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सरकारले उर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर मुलुकलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको बताए ।

    आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्