News Portal

  • नेपालद्धारा बंगलादेशलाई १३९ रनको लक्ष्य प्रस्तुत

    २५७ पटक

    काठमाडौं । एसिसी इमर्जिङ टिम्स कपको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशलाई १३९ रनको विजयी लक्ष्य दिएको छ ।

    टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले कमजोर स्कोरमा आफूलाई सीमित गर्दा बंगलादेशले सहज लक्ष्य प्राप्त गरेको हो ।
    पूरै ओभर खेल्न असफल भएको नेपाली टिम ४४ ओभर ३ बलमा अलआउट हुँदै १३८ रनमा समेटिएको छ । नेपालका लागि सर्वाधिक स्कोरका रुपमा सोमपाल कामीले ३८ रन बनाए ।

    यसअघि दुई खेलमा डक आउट भएका कप्तान ज्ञानेन्द्र मल्लले सोमबार आफूलाई केहि संयमित बनाउँदै २७ बलमा २२ रन बनाए करण केसीले १८ रन बनाउँदा ओपनर कुशल भुर्तेलले १० रन तथा आरिफ सेखले ११ रनको दोहोरो अंकको स्कोर बनाए ।
    नेपालका ६ ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन असफल भए । कमजोर स्कोरमा नै समेट्ने क्रममा बंगलादेशका सुमन खान र मिनहजुल अवेदिन अफ्रिदीले समान ३-३ विकेट लिए ।

    त्यस्तै तन्भीर इस्लाम र मेहेदी हसनले समान २-२ विकेट लिए । बंगलादेश केहि समयपछि ब्याटिङका लागि क्रिजमा आउने छ । नेपालले यसअघि भारतसँग पराजित हुँदा हङकङसँग भने जित आत्मासाथ गर्यो ।

    प्रतिकृया दिनुहोस्