News Portal

हङकङमा प्रहरी र प्रदर्शनकारीबिच झडप

१६० पटक

काठमाडौं । आइतबार राति हङकङमा विद्यार्थी प्रदर्शनकारीबिच झडप भएको छ ।

युनिभर्सिटी क्याम्पसमा प्रहरी र प्रहरीबिच झडप हुँदा विश्वविद्यालयमा आगलागी भएको हो ।

विश्वविद्यालयको प्रवेशद्वारमा ठूलो आगोको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले प्रहरीलाई क्याम्पस प्रवेश गर्न नदिने प्रयास गर्दा आगो लागेको हो ।

सुरक्षा अधिकारीले यसअघि पेट्रोल बम सहितका हतियारको प्रयोगबाट हुने आक्रमण नरोकिएमा गोली चलाउने चेतावनी दिएका थिए । केही महिनादेखि हङकङमा सरकार विरोधी प्रदर्शन भइरहेको छ ।

प्रतिकृया दिनुहोस्