News Portal

  • नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने

    २८१ पटक

    बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका नाका ४ दिन बन्द हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख) भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

    सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ गतेदेखि असोज १८ गते ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्