News Portal

  • आज मन्त्रिमण्डल पुर्नगठन हुँदै, कोको हुँदैछन् आउट ?

    ४२२ पटक

    काठमाडौं । आज मन्त्रिमण्डल पुर्नगठनको तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो तयारी गरेको बताइएको छ ।

    आइतबार साँझ बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रधानमन्त्रीलाई मन्त्रिहरुको हेरफेर र हटाउन-थप्ने अनुमति दिएपछि सो तयारी भइरहेको छ ।

    सचिवालय बैठकले त्यसबारे टुंगो लागाइनसके पनि त्यो अधिकार प्रधानमन्त्रीलाई दिएको स्रोतको दाबी छ । हटाउन र थप्ने मन्त्रीहरुको नाममा सहमति जुट्ने छाट नदेखिएपछि त्यो अधिकार प्रधानमन्त्री ओलीलाई दिएको हो ।

    स्रोतका अनुसार कामको मूल्यांकनका आधारमा मन्त्रीहरुलाई हटाइनेछ । जसमा कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुदमन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई हटाउने तयारी प्रधानमन्त्री ओलीको छ ।

    त्यसैगरी श्रममन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, वनमन्त्री शक्ति बस्नेतलाई के गर्ने भन्नेमा पनि छलफल भएको छ । प्रधानमन्त्री तयार गरेको नाममा एक पटक अर्का अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेर टुंगोमा लगाउने तयारी भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्