News Portal

  • प्रधानमन्त्रीले लिपुलेकमा गएर सुत्‍नुपर्छः नायक खड्का

    ४९१ पटक

    काठमाडौ । नायक तथा ‘सीमानामा काँडेतार’ का अभियान्त नवल खड्काले नेपालीभूमीको रक्षाको लागि नेपाल–भारतको सीमामा काँडेतार अलागउनु परर्ने बताए । भारतले पटकपटक सीमा अतिक्रमण गरिरहेपनि त्यसको सरकारी तहबाट कुनै पहल छैन ।

    संवाद डबलीको कार्यक्रममा बोल्दै खड्काले राष्ट्रिययता र सार्वभौमिकताको लागि सीमामा गएर लड्न सबै तयार हुनुपर्ने बताए । सीमा रक्षाको लागि नेपाली सेनालाई परिचान गर्नुपर्ने धारणा राख्दै खड्काले भने, “नेपाली सेनालाई व्यारेकमा होइन सीमामा खटाउनु पर्छ । विदशीले सीमा मिचिरहने, त्यो दृश्य नेपाली सेनाले हेरिरहने हुन सक्दैन ।” उनले भारतीय अतिक्रमणविरुद्ध सबै नेपाली एक हुनुपर्ने बताए ।

    चलचित्रको माध्यमबाट भारतीय अतिक्रमणको भण्डाफोर गर्दै आइरहेका नायक खड्काले ‘काँडेतार’ निर्मण गरिरहेका छन् । यसअघि खड्काले ‘दशगजा’, भीमदत्त चलचत्रिको माध्यमबाट भारतीय अतिक्रमणविरुद्ध आवाज उठाउँदै आएका छन् ।

    लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालीभूमी भएको बताउँदै खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले सीमामा गएर सुत्नु वा अनसन बस्नुपर्ने बताए । उनले अन्य नेताहरुलाई पनि सीमा सुरक्षाको लागि अगाडि बढ्न सुझाव दिँदै आफूहरु आवश्यक परे रगत दिन तयार रहेको बताए ।

    भारतीय अतिक्रमणविरुद्ध सडकमा भइरहेका विरोध प्रदर्शनमाथि गरिएको धरपकडको विरोध गर्दै भने, “भारतीय अतिक्रमणविरुद्ध सडकमा देखिएका आवाजमाथि प्रहरीले दवाउन खोजिरहेको छ, गिरफ्तार र धरपकड गर्नेहरु विखण्डनकारी हुन् ।”

    प्रतिकृया दिनुहोस्