News Portal

  • चोरीको गाडीसहित २ जना पक्राउ

    १०८ पटक

    काठमाडौं । प्रहरीले कलङ्कीबाट दुई जनालाई चोरीको गाडीसहित पक्राउ गरेको छ ।

    भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेका प्रहरीले जनाएको छ ।

    उनीहरुबाट बा २१ च ८७१४ र बा १८ च ३१३८ नं.को स्कर्पियो तथा बा ११ च ९७९४ नं.को निजी कार बरामद गरिएको छ । उनीहरुले काठमाडौँ नयाँबजारस्थित आदित्य ट्रान्सपोर्ट सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

    उक्त ट्रान्सपोर्टले चोरीको गाडी प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा कालिमाटीबाट खटिएको टोलीले गएराति गाडीसहित पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । उनीहरुलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइने छ ।

    प्रतिकृया दिनुहोस्