
मकवानपुर । प्रहरीले नक्कली सुनसहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ। नक्कली सुनसहित पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका ३ बस्ने ४७ वर्षिय ध्याल सिंह शेर्पा र मकवानपुर राक्सिराङ् गाउँपालिका ४ बस्ने अभय कुमार थिङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा १ चौकिटोलमा भैँसेबाट हेटौंडा तर्फ आउदै गरेको बा ९३ प ९०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शेर्पाको साथबाट १ किलो फाइन गोल्ड ९९९.९ सिओ २२६६६५० लेखिएको सुन जस्तो देखिने पहेलो रङ्गको चारपाटे आकारको नक्कली सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
