News Portal

  • लागूऔषध मुद्दाका फरार अभियुक्त भण्डारी जेल चलान

    २६४ पटक

    काठमाडौं । लागूऔषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत धादिङले बिहीबार जेल चलान गरेको छ ।

    मोरङको उर्लाबारी घर भई हाल कास्कीको पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङमा निकीता खाजा घर संचालन गरी बस्ने ३४ वर्षिय राम बहादुर भण्डारीलाई लागूऔषध मुद्दामा जेल चलान गरिएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

    जिल्ला अदालत धादिङबाट भण्डारीलाई लागूऔषध मुद्दामा २०७६ साल असार २२ गते १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनलाई कास्की प्रहरीले पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको थियो । प्रहरीले पनि भण्डारीलाई जिल्ला अदालत धादिङमा बिहीबार पेश गरेकोमा अदालतले उनलाई कैद भुक्तानका लागि आजै कारगार चलान गरेको हो ।

    प्रतिकृया दिनुहोस्