News Portal

जीप दुर्घटनामा २ को मृत्यु, ८ जना घाइते

१७६ पटक

सल्यान । जिप दुर्घटना हुँदा २ जनाको मुत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जिल्लाको फलावाङदेखि दाङको तुलसीपुरतर्फ जादै गरेको रा.१ज ४६० नम्बरको जिप जिल्लाको त्रिवेणी गाउँपालिका ४ बडाखोलामा बिहीबार बिहान १० बजे दुर्घटना हुँदा २जनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनामएको छ ।

मुत्यु हुनेमा सोही गाउँपालिका ४ फलावाङ बस्ने ५९ वर्षिय योगी थापा र सोही ठाउँ बस्ने ५४ वर्षिय कृष्णदेवी परियार रहेका छन् । दुर्घटनामा परि घाइते हुनेहरूमा जिपचालक फलावाङका २८ वर्षिय सन्देश परियार, सोही ठाउँ बस्ने २३ वर्षिय रिता रावत, ५ वर्षिय ज्योति रावत, ४ वर्षिय मोती रावत, ३२ वर्षिय सावित्रा खत्री, १६ वर्षिय तारा थापा रहेका छन् ।

त्यसैगरी, दाङ तुलसीपुर १ भमके बस्ने २१ वर्षिय राधा बोहोरा र तुलसीपुर ५ बस्ने २८ वर्षिय डिला बुढा रहेका छन् । घाइतेमध्ये राधा बोहोरा र रिता रावतलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

बाँकी घाइतेहरूको स्थानीय मेडिकल र दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । जिप दुर्घटनाको कारण भने खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्