News Portal

  • १० केजी गाँजा बोकेर हिड्दा प्रहरी फन्दामा

    १८१ पटक

    पर्सा । १० केजी गाँजा बोकेर हिडेका एक युवक प्रहरीको फन्दामा परेका छन् ।

    उनले १० केजी गाँजा झोलामा बोकेर हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनी जिल्लाको पटेर्वासुगौली गाउँपालिका ४ का २५ वर्षिय शिवजन्म माझी हुन् ।

    उनी आफैँले बोकेको झोलामा १० केजी गाँजा फेला परेपछि पर्सा मातहतको प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पटेर्वासुगौली गाउँपालिका २ स्थित रंगपुर चोकमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

    उनी विना संकोच निर्विवाद झोलामा १०-१० केजी गाँजा लिएर हिँड्दै गरेका थिए । प्रतिबन्धित गाँजासहित प्रहरी नियन्त्रणमा परेका माझीलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखी थप अनुसन्धान भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्