News Portal

  • घुस लेनदेन गर्ने ५ जना पक्राउ

    २८२ पटक

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा छापा मारेर घुस लेनदेन गरिरहेको अवस्थामा एक जना अधिकृतसहित ५ जनालाई पक्राउ गरेको छ ।

    अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल पास गर्न आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भनी ३ हजार रुपैयाँ घुस लिएका थिए ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले घुस लिने शाखा अधिकृत भट्टराई र दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालय काठमाडौंको परिसरबाट पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस्